खानेकुरालाई कोठामा नराखी निर्वस्त्र सुत्ने दम्पतीहरूको वैवाहिक जीवन राम्रो हुने गरेको एक सर्वेक्षणले जनाएको छ ।
विभिन्न देशका करिब १ हजार दम्पतीमा गरिएको सर्वेक्षणमा निर्वस्त्र सुत्ने दम्पतीहरूको वैवाहिक जीवन राम्रो रहने तथ्य फेला परेको हो ।
कटन यूएसए नामक संस्थाले गरेको एक सर्वेक्षणअनुसार राति सुत्दा पाइजामा वा नाइटी लगाएर सुत्ने दम्पतीभन्दा निर्वस्त्र सुत्ने दम्पतीको वैवाहिक सम्बन्ध ५७ प्रतिशत राम्रो हुन्छ । सुत्ने शैलीले वैवाहिक जीवनमा कस्तो प्रभाव पार्छ भन्ने तथ्य पत्ता लगाउने उद्देश्यका साथ सञ्चालित उक्त सर्वेक्षणमा वैवाहिक सम्वन्ध बिग्रने अनेकन कारण पनि फेला परे, जसमा ओछ्यानमा खाना खाने, जनावरलाई ओछ्यानमै सुताउने, सुत्ने कोठा फोहोर राख्ने जस्ता कारण मुख्य रूपमा पाइयो । साभार…






